Rule 5
ऐनको दफा ११ बमोजिम दिएको सूचनाको जाँचबुझ

(१) ऐनको दफा ११ बमोजिम कुनै व्यक्तिले कर अधिकृत छेउ सूचना दिएकोमा कर अधिकृतको सूचना बमोजिम सो व्यक्ति आफै वा निजको वारेस उपस्थित हुन आएमा कर अधिकृतले सनाखत गरी निजसँग रहेको सबूद प्रमाण सबै बुझ्नेछ । निज वा निजको वारिस उपस्थित हुन नआएमा कर अधिकृतले आफ्नोे मातहतको कर इन्सपेक्टरद्वारा बुझ्न लगाउनेछ । यसरी बुझी आएको व्यहोराबाट कारवाही चलाउनु पर्ने भन्ने कर अधिकृतको विचारमा लागेमा निजले आवश्यक कारवाई चलाउनेछ । कारवाही चलाउनलाई पर्याप्त सबूद प्रमाण छैन भन्ने लागेमा छोटकरीमा आफ्नोे ठहर व्यक्त गरी त्यस्ता सूचना दिने व्यक्तिको रिकर्ड आफ्नोे कार्यालयमा राख्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको सूचना बमोजिमको कुरा साँचो ठहरी सो बमोजिम कर असुल उपर भएमा ऐन बमोजिम पाउने इनाम दिनालाई कर अधिकृतले कर विभागको डाइरेक्टर मार्फत प्रतिवेदन पेश गर्नेछ ।
(३) कुनै व्यक्तिले एकपटक सूचनासम्म दिई पछि बोलाएको बखत कर अधिकृत कहाँ उपस्थित हुन आएन वा वारिस पनि पठाएन वा निज वा निजको वारिस उपस्थिति भए तापनि कुनै सबूद प्रमाण पेश गरेन भने सो सूचना पूरा भएको मानिने छैन र त्यस्तो व्यक्ति इनामको हकदार हुनेछैन ।